सर्बपक्षीय सरकार गठन गर्नुपर्ने माओवादी केन्द्रको माग



काठमाडौं।नेकपा माओवादी केन्द्रले काेराेना महामारीका कारण दर्जनौं जनताले ज्यान गुमाई रहेको कहालीलाग्दो अवस्थामा संसद विघटन गरेर मध्यावधि निर्बाचनको घोषणा गर्नु गैर जिम्मेवार र जनबिरोधी हर्कत भएको निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष कर्णजीत बुढाथोकी “सुशील” काे अध्यक्षतामा जेठ ७ र ८ गते सम्पन्न सो पार्टीको स्थायी समिति बैठकले सो निष्कर्ष निकाले सचिब अरुण घिसिङले बताए ।

नेपाली काँग्रेसले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई प्रयोग गरे झैं एमालेले अलाेकतान्त्रिक र असंवैधानिक ढंगले बर्तमान राष्ट्रपतिलाई गलत ढंगले प्रयोग गरिरहेको ठहर बैठकले गरेको घिसिङले जानकारी दिए। संसद विघटन र मध्यावधि निर्बाचनको घोषणा राष्ट्रपतिय अधिकारको दुरुपयोगको निरन्तरतामात्रै भएको भन्दै माओवादी केन्द्रले निरन्तर
असफल बन्दै गएका काँग्रेस,एमाले र प्रचण्ड समूहको सत्ता स्वार्थको जनविरोधी हर्कतविरुद्ध उत्रन पार्टी पंक्ति र आमजनतामा अपिल गरेको छ।निरङ्कुश केपी ओली नेतृत्वको बर्तमान सरकारलाई सत्ताच्यूत गर्दै जनउत्तरदायी राष्ट्रिय सर्वदलीय, सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता हो,-पार्टी अध्यक्ष बुढाथोकी जारी प्रेस बक्तब्यमा भनिएको छ।

यस्ता छन् निर्णय :

१] १० वर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलन र विभिन्न वर्ग मुक्ति अान्दाेलनका शहिदहरु र “काेेभिड-१९” का कारण ज्यान गुमाएका सम्पूर्ण नेपालीहरुप्रति बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकाे छ ।
२]प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा असंवैधानिक, स्वेच्छाचारी ढंगले जेष्ठ ७ गते मध्यरात दाेस्राेपटक संसद विघटन गरेकाे विषयमा हाम्रो पार्टीकाे गम्भीर ध्यानाकर्षण र यस कदमलाई घाेर भत्सर्ना गर्दछ । याे कार्य जसरी नेपाली काँग्रेसले रामवरण यादवलाई अलाेकतान्त्रिक असंवैधानिक हर्कत गर्न लगाए त्यसैकाे निरन्तरता र उच्च रुपमा एमालेद्वारा राष्ट्रपतिलाई दुरुपयोग गरिरहेकाे छ । अझै याे क्ररम बढ्ने निश्चित छ । २०७७ पुस ५ गते संसद विघटन भएको लगत्तै पुस ६ गते हाम्रो पार्टीको स्थायी समितिको बैठकले संसद विघटन, संसद पुनर्स्थापना र मध्यावधि निर्वाचन प्रतिगामी एजेन्डा भएको ठहर गरेको र साेकाे विकल्पमा राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन आयाेजना गरी जनपक्षीय, सर्वपक्षीय, सर्वदलीय संयुक्त राष्ट्रिय सरकारको माग अगाडि सारेकाे थियाे । आज दाेस्राे पटककाे संसद विघटनको यस घडीमा पुग्दा हाम्रो पार्टीको राजनैतिक, कार्यनीतिक कार्यक्रम वैज्ञानिक भएको पुष्टि भएको छ । जनताको स्वास्थ्य, गास, बास र राहतको व्यवस्थालाई उपेक्षा गर्दै केपी ओलीकाे षड्यन्त्रपूर्ण चुनावी माेहले ५० अरब खर्च गराउँदै याे गतिविधि जनताको चाहना र आवश्यकता विपरीत रहेकाे छ । बदलिँदो अवस्था काेराेना महामारीको कहालीलाग्दो अवस्थामा संसद विघटन र असफल काँग्रेस एमाले प्रचण्ड समूहहरूको सत्ता स्वार्थको गैरराजनीतिक जिम्मेवार जनविरोधी हर्कत विरुद्ध उत्रन र यथाशीघ्र निरङ्कुस केपी अाेली सरकारलाई सत्ता च्युत गर्दै जनउत्तरदायी राष्ट्रिय सर्वदलीय, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बैठकले निष्कर्ष निकालेकाे छ ।
३] माओवादी पार्टीहरु र शक्तिहरु बीच एकता ध्रुवीकरणलाई व्यवहारिक रुपदिन जनता र अाम कार्यकर्ताकाे आग्रह र चाहना बमोजिम पार्टी एकता गरी वैकल्पिक क्रान्तिकारी शक्तिको रुपमा नेतृत्व गर्नुपर्ने निर्णय गरेकाे छ ।
४] नेकपा गठन र परिचालन गर्ने हैसियत, क्षमता र वर्गीय प्रतिबद्धता नभएका प्रचण्ड, केपी ओलीकै नेतृत्वका कारण कम्युनिस्ट आन्दाेलन चरम विघटनमा जान खाेज्दैछ । दुई तिहाई जनमत प्राप्त गर्दा पनि सामान्य विश्वासको मत प्राप्त गर्न नसकी उल्टै संसद विघटन गर्ने, केपी ओलीकाे नाैटंकी नक्कली सरकार असफल पार्दै देउवा सामु आत्मसमर्पण गर्ने प्रचण्ड असक्षम असफल पात्र बन्न पुगेकाे प्रष्टै छ । अबउप्रान्त प्रचण्ड केपी ओलीबाट नेतृत्व लिन नसकिने भएकै कारण इमानदार नेता कार्यकर्तालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा यथाशीघ्र गाेलबद्ध हुन बैठकले अपिल गरेको छ ।
५] काेभिड-१९ का कारण पार्टीको राष्ट्रिय भेला स्थगित गर्ने निर्णय गरेकाे छ ।
६] नेकपा (माओवादी केन्द्र) काे नेतृत्वमा काेभिड-१९ महामारीलाई मध्यनजर गर्दै पार्टी अध्यक्ष कर्णजित बुढाथोकी “सुशील” काे संयाेजकत्वमा पार्टी पदाधिकारी स्थायी समिति, राजनीतिक परिषद, केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जबस प्रमुख रहने गरी काेराेना राेग प्रतिराेध तथा व्यवस्थापन कार्यदल गठन गर्ने निर्यण गरेकाे छ ।
७] रणनीतिक दृष्टिले काेभिड-१९ महामारी विरुद्ध लाग्न र शिक्षा स्वास्थ्य, कृषि उद्योग क्षेत्रमा स्वयंसेवक गर्ने उद्देश्यमा केन्द्रित रहँदै “काेभिड-१९” विरुद्ध जनस्वयमसेवक दल गठन गर्ने जसमा ७७ ब्रिगेड र ७५३ कम्पनी निर्माणको अवधारणा बैठकले अगाडि सारिएकाे छ ।
८. काेभिड-१९ का बिरामीहरुकाे यथाशीघ्र उपचार, खाेप, अक्सिजन र राहतको व्यवस्था गर्न सरकारसँग जाेडदार माग गर्ने निर्णय भएको छ ।
९. दैनिक विभिन्न कलकारखाना, उद्योगधन्दामा कामगर्ने मजदुरहरुकाे राेजगारकाे सुनिश्चित गर्न बैठकले जाेडदार माग गर्ने निर्णय गरेको छ ।
१०. महङ्गी,कालाबजारी, भ्रष्टाचारी, स्वास्थ्य माफिया, बलात्कारी विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने बैठकले निर्णय गरेकाे छ ।
११. काेभिड-१९ काे संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेवाकाे भूमिका खेल्ने विभिन्न संघ/संस्था व्यक्ति व्यक्तित्वहरुलाई बैठकले उच्च सम्मान प्रकट गर्ने निर्णय गरेको छ ।
अन्तमा संसदीय व्यवस्थाकाे अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाकाे निम्ति गाेलबद्ध हुन नेकपा (माअाेवादी केन्द्र) सबैमा हार्दिक अपिल गर्दछ ।

क्रान्तिकारी अभिवादन सहित
कर्णजित बुढाथोकी “सुशील”
अध्यक्ष
नेकपा (माअाेवादी केन्द्र) केन्द्रीय समिति

प्रतिक्रिया दिनुहोस्