मध्यावधि निर्बाचनका लागि ९ अर्ब खर्च लाग्ने अनुमान



काठमाडौ। निर्बाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आयोग कोरोना महामारीकाबीच कसरी निर्वाचन गर्ने भन्ने रणनीतिका साथ निर्बाचनको तयारीमा जुट्ने बताएका छन।

कोरोना महामारीकैबीच विभिन्न देशमा निर्वाचन सम्पन्न भएकाले त्यहाँको अनुभवहरु अध्ययन गरेर त्यही अनुरुप तयारी थालिने स्पष्ट पार्दै थपलियाले आयोग निर्बाचन सम्पन्न गर्नका आवश्यक बजेटको अध्ययनमा जुटेको जानकारी दिए। निर्बाचन तयारीका लागि आयोगलाई ६ महिना समय भएकाले यो पर्याप्त भएको बताउंदै थपलियाले आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

आयोग तयारीमा जुटेको छ। अबको निर्वाचनमा खर्च अलि धेरै लाग्छ’, उनले भने ‘हामी अब बिस्तारै खर्चदेखि सबै कुराको अनुमान गर्छौं अनि सरकारलाई पठाउँछौं।’

‘केही दिन अघि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेकाले केही अनुभव भएको छ ’, उनले भने ‘अलि टाढा बसेर स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गराउने तयारी गर्छौं।’

संबिधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकारको नेतृत्वका लागि देउवा र ओलीको प्रस्ताव दावी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।सोही सिफारिस अनुसार राष्ट्रपति भण्डारीले कार्तिक २७ र मंसिर ३ गतेका लागि निर्बाचनको घोषणा गरेकी छन।

प्रतिक्रिया दिनुहोस्