मध्यावधि निर्बाचन घोषणाबिरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं।नेकपा माओवादी केन्द्रले मध्यावधी निर्बाचन घोषणा विरुद्ध राष्ट्रिय स्वाधिनताका पक्षधर सबै शक्तिहरु सँग एकतावद्ध भएर राजनीतिक र कानुनी सबै प्रकारको संघर्ष अगाडी बढाउने निर्णय गरेको छ ।

संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने कदम २०७७ पुस ५ कै प्रतिगामी कदमको निरन्तरता भएको बताएको ठहर गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी स्थायी समिति बैठकपछि जारी
विज्ञप्तिमा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुको विकल्प नहुँदा नहुँदै प्रधानमन्त्री र राष्ट्रपति मिलेर असंवैधानिक कदम चालेको आरोप लगाईको छ।
‘यो स्थितिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्र विरोधी दृष्टिकोण, पद तथा सत्तास्वास्थ केन्द्रित चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधिनताको मुद्दालाई सौदावाजीको विषय बनाउने सत्तास्वास्थ केन्द्रित आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ’, विज्ञप्तिमा भनिएको छ।
माओवादीले यसलाई अग्रगमन र प्रतिगमनबीच, विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादबीचको संघर्ष भएको बताएको छ।

