२४ घण्टामा ८ हजार ९८० जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा थप ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ३७५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणका क्रममा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभर ७४८ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्