राप्रपा अध्यक्ष राणाले भने- ‘राजसंस्थाको अपरिहार्यता पुन: पुष्टि भयो’

काठमाडौं। राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको बताउंदै अभिभावकको रुपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनःपुष्टि भएको प्रतिक्रिया व्यक्त गरेका छन।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा दोश्रो पटक संसद विघटन भएको भोलिपल्ट आफ्नो प्रतिक्रिया दिंदै राणाले अब राजनीतिक कोर्स करेक्सनको विकल्प नरहेको बताउंदै विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने बताए। दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको उनले बताए ।
ट्वीट गर्दै राणाले भने, ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो । यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो ।’
उनले भने, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो ।’

