जनता समाजबादी पार्टीले गर्‍यो प्रतिनिधिसभा विघटनको स्वागत



काठमाडौं। प्रतिनिधिसभा विघठन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई जनता समाजवादी पार्टीले स्वागत गरेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले त्यसको स्वागत गरेको हो । ठाकुर र महतो सुरुदेखी नै निर्वाचनको पक्षमा थिए ।

जसपा नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेको भन्दै आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको बताए । सरकारले जसपाले उठाएका मागहरु पुरा गर्दै अघि बढेकाले अव आफ्नो पार्टी सरकारमा जाने सक्ने शुक्लाको भनाई थियो ।

जसपा प्रधानमन्त्रीको ओली नेतृत्वको चुनावी सरकारमा जाने तयारीमा छ । नेता राजेन्द्र महताको नेतृत्वमा जसपा सरकारमा जांदैछ ।

प्रतिक्रिया दिनुहोस्