गठबन्धन गरेर संसद विघटनको सशक्त प्रतिबाद गर्ने कांग्रेसको निर्णय



काठमाडौं।नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई अवैधानिक ठहर गरेको छ । सभापति शेर बहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले संसद विघटन असंवैधानिक भएको ठहर गरेको हो ।

देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले संसद विघटनका विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्ने खेलमा लागेकोले त्यसको प्रतिवाद गर्ने निर्णय कांग्रेसले गरेको हो ।

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सबै विपक्षी दलहरुसँग मिलेर संसद विघटनको राजनीतिक प्रतिरोध गर्ने पनि तयारी गरेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जनमोर्चाका नेताहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्