नेताहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको थापाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिले शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको प्रस्ताव खारेज गर्नुपर्ने माग गरेका छन् ।

संविधानको धारा ७६(५)अनुसार आफूलाई प्रधानमन्त्री बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दावी पेश गरेका छन् ।
दुवैको दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको भन्दै खारेज गरी निर्वाचन घोषणा गर्नु पर्ने माग थापाले गरेका हुन् ।
‘दुवै जाली–किर्ते हुन्। दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’ थापाले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई आग्रह गरेका छन्।
नेताहरुले संघीय गणतन्त्रलाई गाई जात्रामा परिणत गरेको लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई नै विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका छन् ।

