नयाँ सरकारका लागि ओली-देउवाको दावी,राष्ट्रपतिले कानुनी पक्षबारे परामर्श लिने

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि परेको दावीमा कानूनी पक्षबारे परामर्श गरेर निर्णय लिने बताएकी छन् ।

१४९ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका विपक्षी दलहरुसंग राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार गठनको दाबी गरेकोले कानुनी परामर्शपछि निर्णय गर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आव्हान गरेपछि प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ सांसदसहित १५३ सांसदको समर्थन आफुलाई भएको भन्दै सरकारको दाबी पेश गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेको नेपाल पक्षका २७, जसपाका १२ र जनमोर्चाका एक गरि १४९ सांसदको समर्थनसहित सरकारको दाबी पेश गरेका छन् ।

