गगन थापा भन्छन् – ‘महाभियोग लगाएर राष्ट्रपति बिदा गरौं’



काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न प्रस्ताव गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानको धारा ७६(५) अनुसार सरकार गठनको आव्हान गरेसँगै नेता थापाले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री र राष्ट्रपतिले थाहा नपाएर यसो नगरेको भन्दै राष्ट्रपतिले दिएको समय अघिनै नयाँ सरकार बनाएर ओलीलाई हटाउन र राष्ट्रपतिलाई महाभियोग लगाउन आग्रह गरेका छन् ।

उनले भनेका छन-

विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो ।

गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।

प्रतिक्रिया दिनुहोस्