राष्ट्रियसभा सदस्यमा बादल पराजित

काठमाडौं।राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल पराजित भएका छन्।

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा निर्वाचित भएका हुन्।
बादलको पराजयसंगै सत्तारुढ एमाले बिबाद नयाँ चरणमा प्रवेश गर्ने देखिएको छ।माधव नेपाल समूहले पार्टी निर्णय बिपरित बादलको विपक्षमा मतदान गरेपछि राष्ट्रियसभा सदस्यमा उनी पराजित भएका हुन।

