गौशालामा मारवाडी सेवा समितिले सुरु गर्‍यो अक्सिजनसहितको ५१ सय्याको आईसोलेसन



काठमाडौं।मारवाडी सेवा समितिले गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्र सुरू गरेको छ। समितिले नेपाल-भारत मैत्री अस्पतालसँगको सहकार्यमा उक्त आइसोलेसन केन्द्र सुरू गरेको हो।

अक्सिजन सेवासहित ५१ शय्याको उक्त आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले बताए।

बुधबार आइसोलेसन केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र सञ्चालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे। ‘कोभिडविरुद्धको लडाइँ हामी सबैले मिलेर लड्ने लडाइँ हो। यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाइँको मोर्चामा हामी सबै एक ठाउँमा उभिएर लड्नुपर्छ,’ उनले भने।

३०० शय्यासम्म सञ्चालन गर्न सकिने उक्त आइसोलेसन केन्द्रलाई पूर्णरूपमा सञ्चालन गर्न सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्