राष्ट्रियसभा उपनिर्बाचनमा पार्टीका उम्मेदवार बादललाई मतदान गर्न एमालेको ह्विप

काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा आफ्ना उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्विप जारी गरेको छ।

एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी एक विज्ञप्तिमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा बादललाई मत दिन निर्देशन दिइएको हो।
जेठ ६ गते हेटौंडामा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा पीसीआर परीक्षणको प्रमाण लिएर अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

