स्वास्थ्य मन्त्रालयले भन्यो-‘बिरामीका आफन्तसंग अक्सिजन माग्ने अस्पताललाई कारबाही गरिन्छ’



काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका क्रममा अस्पतालहरुले संक्रमितका आफन्तसँग अक्सिजन मागे कारबाही गरिने चेतावनी दिएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले सोमबार एक ‘सार्वजनिक सूचना’मार्फत बिरामीका आफन्तसँग अक्सिजन नमाग्न पनि अस्पतालहरुको ध्यानाकर्षण गराएका छन्।

मन्त्रालयलाई आईएमयूमार्फत प्राप्त तथ्याङ्कमा आधारित भइ स्वीकृत मापदण्ड भित्र रही देशभरका अस्पतालहरुमा अक्सिजन आवश्यकता अनुसार उपलब्ध गराउने कार्य भइरहेको पनि सहप्रवक्त अधिकारीले जानकारी दिएका छन्। तर, केही अस्पतालहरुले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरिएको छ।

‘अक्सिजन जस्तो औषधीय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्ने नहुनेमा कहिँ कतै कसैले यस्तो गर्ने गर्नुभएको छ भने नगर्न नगराउनु हुन अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ, ‘कसैले गरेको पाइएमा नियमानुसार कारबाही समेत हुनसक्ने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्