आज जेठ ३ गते : एमाले नेताहरुद्वारा मदन–आश्रितको फोटोमा माल्यार्पण

काठमाडौं।नेकपा एमालेले आज २८ औं मदन–आश्रित दिवस मनाउँदै छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा रहेको मदन भण्डारी र जीबराज आश्रितको शालिकमा माल्यार्पण गरेका छन्।
कार्यक्रममा वामदेव गौतम, ईश्वर पोखरेल,रामबहादु थापा, घनश्याम भुसाल लगायतका नेता सहभागी थिए।
यसअघिका वर्षहरुमा स्मृति दिवमा बल्खुमा एमाले नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति हुने गरेको थियो भने एमालेले विषेश कार्यक्रम गर्ने गरेको थियो। तर यस वर्ष कोरोना महामारीका कारण सीमित नेताहरु मात्र बल्खु पुगेका हुन्।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो।

