कर्णाली प्रदेश : सपथ नै नलिई खोसियो मन्त्री बिष्टको जिम्मेवारी, अन्य दुईजना मन्त्री नियुक्त



सुर्खेत ।गण्डकी प्रदेश मन्त्री नियुक्त भएर पनि नेकपा माओवादी केन्द्रका एक सांसदले सपथ नै लिन नपाई हट्न बाध्य हुनुपरेको छ। कांगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि मन्त्री पदबाट फिर्ता हुन पार्टीले निर्देशन दिएपछि उनले सपथ नै नलिई मन्त्री पदबाट हट्नु परेको बताईएको छ।

बिष्टलाई मन्त्रीबाट फिर्ता बोलाए पनि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले माओवादी केन्द्रकै अन्य दुइ सांसद सुर्खेतकी सीताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गरेको नियुक्ति, हेरफेर र कार्यविभाजनमा
आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रालयमा शर्मा नियुक्त भएका हुन।

गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो । कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्