पार्टी बिबाद समाधानका लागि एमालेमा १० सदस्यीय कार्यदल गठन

काठमाडौं। नेकपा (एमाले)ले पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बनाएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको हो।

कार्यदलमा कार्यदलमा दुबै पक्षका ५/५ नेता रहेका छन्। ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र आफ्नो तर्फबाट भीम रावलले नेतृत्व गर्ने नेता नेपालले बताए।
कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघु पन्त सुवास नेम्वाङ, विष्णु पाैडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

