थुलुङ दुधकोशी : वडा नं-९ लोखिममा सम्पूर्ण आवागमन बन्द

सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं-९ लोखिमले वडाका सम्पूर्ण क्षेत्रलाई उच्च जोखिमयूक्त क्षेत्र घोषणा गरी अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवागमन बन्द गर्ने निर्णय गरेको छ।

महामारीको रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट वडाका जनप्रतिनिधि र अन्य स्थानीयहरुमा पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि सो वडालाई पूर्ण रूपमा बन्द (सील) गरिएको कार्यबाहक अध्यक्ष उत्तरकुबीर राईले जानकारी दिएका छन।
स्थानीयमा कोरोनाको नयाँ भेरियन्ट फैलन नदिनका लागि शुक्रबार सो निर्णय गरिएको बताउंदै राईले यो निर्णयको बर्खिलाप हुने गरि कुनै कार्य गरे गराएमा प्रचलित कानुन अनुसार कार्बाही गरिने चेतावनी समेत दिएका छन्।
सो वडाका वडाध्यक्ष भुपालसिं राइलाई कोरोना संक्रमणका कारण हाल अस्पतालमा उपचाररत छन।केहि दिन अघि बाट अस्वस्थ भएका राइलाइ बुधबार हेलिकप्टरमार्फत राजधानी ल्याईएको थियो।संक्रमित राई थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्तासमेत हुन्।

