एमालेको संकट सुल्झाउन ९ सदस्यीय कार्यदल गठन हुने

काठमाडौं– नेकपा एमालेको आन्तरिक विवाद मिलाउन ९ सदस्यीय कार्यदल गठन हुने भएको छ।

अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ जना तथा वरिष्ठ नेता माधवकुमार नेपालपक्षबाट ४ जनागरी कुल ९ सदस्य रहने गरी कार्यदल बनाउने तयारी गरिएको हो।
कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल रहने छन्। त्यसमा वाँकी २ जना पछि थपिने भएका छन्।
यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट कार्यदलमा रहने भएका छन्।
ओली र नेपालबीच बिहीबार भएको भेटवार्तामा कार्यदल बनाउने सहमति जुटेको थियो।
कार्यदलले शुक्रबारदेखि आफ्नो काम थाल्ने एक नेताले बताए।

