जसपामा उपेन्द्र-बाबुराम अल्पमतमा, ठाकुर पक्षमा २० सांसद



काठमाडौँ । समाजावादीबाट चुनावका जितेका तीन सांसदले उपेन्द्र यादवको साथ छाड्दै महन्थ ठाकुर पक्षमा लागेपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अल्पमतमा परेका छन् ।
जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा २० सांसद पुगेका छन्।

साविक राजपा पक्षका १७ जना र समाजबादीका ३ जना सांसद ठाकुरकै पक्षमा उभिएपछि सो समूह मा सांसदको संख्या २० पुगेको छ।

सोमबार साविक समाजावदी तर्फका सांसदहरु उमाशंकर अरगरिया र विमल श्रीवास्तवले ठाकुरको लाइनअनुसार तटस्थमा मत दिएका थिए।

त्यस्तै साविक राजपाका महिन्द्रराय यादव र चन्द्रकान्त चौधरी विपक्षमा उभिएका थिए। विपक्षमा उभिएका यादव र चौधरी दुवै ठाकुरसँगै लागेका छन्।

उनका अनुसार कलुदेवि विश्वकर्मा पनि उपेन्द्र बाबुरामको लाइन छाडेर ठाकुर महतोको पक्षमा जाने तयारीमा छन्। योसँगै जसपामा उपेन्द्र बाबुराम पक्ष अल्पमतमा परेको छ।

प्रतिक्रिया दिनुहोस्