एमाले विवाद तत्कालका लागि अन्त्य,फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल बनाउने सहमति

काठमाडौं । लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि विषयान्तर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि समूहगत रूपमा माधव नेपाल समूहले दिने भनिएको राजीनामा स्थगित भएको छ।

ओली र नेपालबीच फागुन २८ को महाधिवेशन आयोजक कमिटीको निर्णय कसरी अघि बढाउने भन्नेबारे अध्ययन कार्यदल बनाउने समझदारी बनेको छ।
वार्ता सकारात्मक भएसँगै हाललाई सामूहिक राजीनामा स्थगित भएको वार्तापछि वरिष्ठ नेता नेपालले बताए।
भेटवार्तामा नेपालले अघि सारेका छ बुँदे प्रस्तावमा पनि छलफल भएको थियो।

