अक्सिजन नपाएर अस्पतालमा उपचाररत ८ बिरामीको मृत्यु



काठमाडौं । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररच तीन जना संक्रमितको मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमित उपचाररत थिए । अस्पतालमा भएको अक्सिजन बुधबार दिउँसो सकियो, आउनुपर्ने आइपुगेन । त्यही कारण आईसीयूमा उपचाररत रुपन्देहीका चार र नवलपरासीका एक संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ‘आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’ प्रवक्ता डा. गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्