कोरोना अपडेट : देशभर ९ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्युु



काठमाडौँ।पछिल्लो २४ घण्टामा काठमाडौँ देशभर ९ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौं उपत्यकाकाका ३ हजार ९२४ जना छन।

काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित थपिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ६०७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

१६८ जनाको मृत्‍यु भएको र ४ हजार ४४४ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्