कोरोना संक्रमणका कारण निधन हुनेको संख्या बढ्दै, एकैदिन २२५ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप नौ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार ४८३ को नतिजा पोजिटिभ आएको हो । २० हजार ५९६ नमुनाको पीसीआर र ७२० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ ।

कोरोनाका कारण थप २२५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर पाँच हजार २२५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख १२ हजार १९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्