संक्रमणमुक्त भएपछि सोलुखुम्बुबासीको सहयोगमा जुट्ने कांग्रेस नेता कार्कीको प्रतिबद्दता

खगिन्द्रराज बास्तोला
काठमाडौं। कोरोना भाईरस (COVID -19 )को संक्रमणबाट संक्रमित भएर होम आइसोलेसनमा रहनु्भएका नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले सजक र सचेत रहन जिल्लाबासीहरुलाई अपिल गरेका छन्।

काठमाडौं उपत्यका लगायत देशभर निषेधाज्ञा जारी रहेका कारण अप्ठेरो मा परेका कतिपय सोलुखुम्बु जिल्ला बासी दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहयोग गर्नुपर्ने बेलामा आफैं डाक्टरको निगरानी र सल्लाहमा औषधि सेवन गरेर होम आइसेलेसनमा रहनु परेको गुनासो गर्दै नेता कार्कीले सामाजिक सन्जाल फेसबुक मार्फत सो अपिल गरेका हुन।

उच्च मनोबल र शुभेच्छुकहरुको शुभेच्छाका कारण बिगतका दिनमा भन्दा अहिले स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको उल्लेख गर्दै नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका नेता कार्कीले कोरोना संक्रमणमुक्त भएपछि आफु फेरि जिल्लाबासीहरुको फेरी जिल्लाबासीहरुको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहिलो चरणको लकडाउनको बेला गतबर्ष समस्यामा पर्ने जिल्लाबासीहरुलाई उनीहरूको बासस्थानमै पुगेर राहत बितरण गरेका थिए।

