पूर्बराजा ज्ञानेन्द्र र छोरी प्रेरणा कोरोनामुक्त,रानी कोमलको स्वास्थ्यमा उल्लेख्य सुधार



काठमाडौं, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोभिड–१९ मुक्त भएका छन्। १८ दिनअघि अस्पताल भर्ना भएका शाहको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए।

पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको बास्तोलाले बताए। उनको केही दिन पहिला प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो।

पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि कोरोनामुक्त भएकी छन्। भारतबाट कुम्भ मेलामा सहभागी भएर फर्केका उनीहरूमा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्