चिलिमेले कमायो ५१ करोड आम्दानी



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको चैत मसान्तसम्ममा रू ५१ करोड ५४ लाख ३१ हजार खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीले रू ५२ करोड ५६ लाख ४६ हजार यो नाफा कमाएको थियो । जुन नाफा गत वर्षको तुलनामा करीब २ प्रतिशत कम हो ।

गत वर्ष रू. ८० करोड ३७ लाख १९ हजार विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ८० करोड ९२ लाख २५ हजार आम्दानी गरेको छ । सञ्चालन नाफा गत वर्ष रू. ५६ करोड १५ लाख ७३ हजार भएकोमा यस वर्ष १.७३ प्रतिशत कम रू।. ५५ करोड १८ लाख ५८ हजार भएको छ ।

कुल सम्पत्ति रू. १० अर्ब ४३ करोड ४४ लाख ९३ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १०.८३ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५८.४७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्