प्रधानमन्त्री ओली बिश्वासको मत लिन असफल,विपक्षमा १२४, पक्षमा ९३ मत



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् । ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन् ।

आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्