ओलीको विकल्पमा बैकल्पिक सरकार गठनको सम्भावना समाप्त भएको शेखर कोइरालाको भनाई

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ओली सरकारको विकल्पमा वैकल्पिक सरकारको सम्भावना अब समाप्त भएकाले कांग्रेस महाधिवेशनमै केन्द्रित हुनुपर्ने बताएका छन् । एमालेका माधव नेपाल समूहका नेताले राजीनामा नदिएपछि कांग्रेसले सत्ताको चाहना राख्न आवश्यक नभएको नेता कोइरालाले बताए ।

मुलुक अब निर्वाचनकै बाटोमा केन्द्रित भएको उनको भनाइ छ । नेपाल समूहले राजीनामा दिएको भए कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना थियो । उहाँहरूले राजीनामा नदिएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली नै फेरि प्रधानमन्त्रीमा चयन हुने सम्भावना देखियो, कोइरालाले भने ।

