प्रतिनिधिसभा : प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा,माओवादी केन्द्र अध्यक्ष दाहाल, कस्ले के भने ?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशन को दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चासोका हर विषयमा सफलता प्राप्त गरेको भन्दै विश्वासको मत लिनका लागि तीनै कार्य नै पर्याप्त भएको बताए।

उनले संविधान शंसोधनका लागि आफु तयार रहेको पनि बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विखण्डनको राजनीति सधैका लागि अन्त्य गरेको, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै विवाद नरहेको, पृथकतावादी सोच राख्नेलाई राजनीतिक मुलधारमा ल्याएको, राजनीतिक इच्छा आकांक्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच लिएकालाई पनि संवादको माध्यमबाट शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याएको, दशकौ देखिको हिंसाको राजनीति अन्त्य गराउन पहल गरेको भन्दै आफुलाई विश्वासको मत दिनु नपर्नेुपर्ने कारण नै नरहेको तर्क गरे ।
उनले विकास निर्माण, पुर्वाधार, सडक निर्माण, पुल, धरहरा पुर्ननिर्माण, सिंचाई आयोजनाहरु लगायतको फेयरिस्त प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकारले जनजीवीकाका सवालमा नयाँ कामहरु गरेको दाबी गरे ।
सरकारले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता अक्षुण राख्ने सवालमा उपलब्धिमुलक काम गरेको बताए।
शेरबहादुर देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विकासको लागि कसैले पनि नरोकेको बताएका छन् ।
आज संसदलाई सम्बोधन गर्दै सभापति देउवाले देश विकासको लागि सरकारलाई कसले रोक्यो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भने- ‘हाम्रो संविधानले प्रधानमन्त्रीलाई कार्यकारीको भूमिका दिएको छ । देशको हक हितमा काम गर्न उहाँलाई कस्ले कहाँ रोक्यो ?’
त्यसैगरी प्रधानमन्त्री ओलीले अरुलाई दोष लगाएर आफू जिम्मेवारीबाट बाहिरिएको आरोप लगाएका छन् ।
‘अरुमाथि दोष थोपरेर आफू जिम्मेवारीबाट पन्छिन् पाइन्छ ? एकपटक छातीमा हात राखेर सोध्नुहोस् । यो अवस्था तपाईले ल्याएको हो ।’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने हुँदा हुँदै पनि मत मागेको टिप्पणी गरेका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
‘प्रमले विश्वासको मतको निम्ति आग्रह गर्नुभएको छ। प्रमलाई राम्ररी थाहा छ यो सदनले विश्वासको मत दिँदैन,’ प्रचण्डले भने, ‘बुझ्दाबुझ्दै झुटो दाबी गर्नुभएको छ। तपाईँको सरकार गठनदेखि हेर्दाखेरी विश्वासको मत दिने आधार छैन्।’
संसद पुनस्थापन भएकै दिन राजीनामा दिएर नयाँ सरकारको गठनको विकल्प दिन उपयुक्त हुन्छ भनेको स्मरण गर्दै प्रचण्डले भन अहिले पनि राजीनामा गरेर नयाँ सरकारको बाटो खुल्ला गरिदिनु संविधानसम्मत हुने बताए।

