प्रतिनिधिसभाको दोश्रो बैठक सुरु,प्रधानमन्त्री ओली सम्बोधन गर्दै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु गरेका छन्।

सोमबार विशेष अधिवेशन बोलाएर संविधानको धारा १०० (१) अनुसार विश्वासको मत किन लिन चाहेको भन्ने वक्तव्य दिन सुरु गरेका छन्।

प्रधानमन्त्रीले चाहे जुनसुकै बेला विश्वासका मत लिन सक्ने संवैधानिक व्यवस्था प्रयोग गर्दै १९ गते बसेको मन्त्रिपरिषद बैठकले सोमबारका लागि विशेष अधिवशेन आह्वान गर्ने सिफारिस गरेको थियो।

ओलीले वक्तव्य दिएपछि दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ। सम्बोधन सकिएपछि विश्वासको मत परिक्षणका लागि मतदान हुनेछ।

अहिलेसम्मको अवस्थामा ओलीलाई विश्वासको मत लिन चाहिने १३६ जना सांसदको समर्थन नहुने देखिएको छ। एमालेकै मावध नेपाल पक्ष बैठक अनुस्थित भएको छ।

प्रतिक्रिया दिनुहोस्