माधव समूहलाई प्रदीप नेपालले भने,- ‘भोलि अप्ठेरो पर्ला राजीनामा नदिनुस्’



काठमाडौं।नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल समूहले आज ९ बजेसम्म माग पूरा नभए राजीनामा दिने तयारी गरिरहेका बेला
सोही समूहका अर्का नेता प्रदीप नेपालले राजीनामा दिन हतार नगर्न सुझाव दिएका छन्।

आजै सामूहिक राजीनामा गर्ने तयारी गरेको नेपाल समूहले अन्तिम समयमा आएर केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

सोही विषयमा सुझाब दिँदै पूर्वमन्त्री नेपालले नेपाल पक्षलाई हतारमा राजीनामा दिएपछि अप्ठेरो पर्ने चेतावनी पनि दिएका हुन् ।

नेपालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजीनामा गर्न नहतारिनुस् है, भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’

प्रतिक्रिया दिनुहोस्