हावाका कारण कोरोना तीब्र गतिमा फैलिइरहेको एक अध्ययनको निष्कर्ष

एजेन्सी
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) ले हावाका कारण कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको बताएको छ ।

लामो समयसम्म घरबाहिर बस्ने मानिसहरूलाई यसले सीधै आक्रमण गर्ने गरेको छ ।
बेलायत, अमेरिका र क्यानडाका ६ सदस्यीय विज्ञहरूको टोलीले गरेको अध्ययनमा कोरोना हावामा रहने उल्लेख छ ।
हावामा भएको भाइरस सास लिँदा निस्कने मसिनो थोपाका रूपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवेश गर्ने सीडीसीको भनाइ छ ।
यो भाइरसले आफैंलाई धेरैपटक परिवर्तन गर्छ । भाइरसको प्रोटीन शक्तिशाली भएकाले मानव कोशिकामा पस्ने क्षमता राख्छ । एकपटक शरीरमा प्रवेश गरेर यसले संक्रमण फैलाउन थाल्छ ।
सीडीसीका अनुसार, मानिसले सास छोड्दा वा कसैसँग कुरा गर्दा वा एक्लै बोल्दा व्यक्ति नजिकको सतह वा हावामा भाइरस मिसिन्छ र लामो समयसम्म सक्रिय रहन्छ । कुराकानी गर्दा मुखबाट निस्कने र्यालको ठूलो वा सानो थोपा घन्टौंसम्म हावामा रहन्छ ।
६ फीटको दूरीमा बस्दा मानिसलाई भाइरसले प्रभावित गर्न नसक्ने सीडीसीको भनाइ छ । तर लामो समय घरबाहिर बस्ने मानिसमा हावाको माध्यमले भाइरस अवश्य प्रवेश गर्न सक्छ र यसले वरपरको मानिसलाई शिकार बनाउँछ ।

