प्रभु इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । कम्पनीको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।
बोनस शेयर पछि नेप्सेले कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ तोकेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य ९७२ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

