ओली र देउवालाई भेटेपछि किन छिरे ठाकुर र महतो अकस्मात भारतीय दूतावास ?



काठमाडौँ।बिहान प्रधानमन्त्रीले केपी ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी आफुहरु तटस्थ बस्ने निर्णय सुनाएका जसपाका नेता राजेन्द्र महतो र महन्थ ठाकुर दिउँसो अकस्मात भारतीय दूतावास पुगेका छन्।

मुलुकको राजनीति तरल बन्दै गैरहेका बेला आफ्नो पार्टीको पदाधिकारी बैठकमा सामेल भएर निस्किएका ठाकुर र महतोको दूतावास प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्