संबैधानिक परिषद बैठक : सापकोटा,देउवा अनुपस्थित

काठमाडौँ । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी भए । तर प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने बैठकमा गएनन्।
देउवा आफ्नै निवासमा जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलमा छन्।

