हिमालय बैंक र इन्भेस्टमेन्ट बैंक मर्ज सम्बन्धि सहमतिपत्रमा छिट्टै हस्ताक्षर हुने



काठमाडौं।नेपालका दुई ठूला बैठक हिमालय बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्ज हुने भएको छ।

विग मर्जरका लागि कोसिस गर्दै आएका दुई बैँक अन्तत एक हुने भएका छन्। अब मर्जपछि यो बैंक निजी क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ।

दुवै बैंकको सञ्चालक समितिले मर्जका लागि शुक्रबार अनुमति दिएका छन्। स्रोतका अनुसार अब केही दिनभित्र दुई बैंकबीच अन्तिम समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तीय विवरणअनुसार इन्भेष्टमेन्टको कुल सम्पत्ति २ खर्ब ३ अर्ब र हिमालयनको १ खर्ब ५५ अर्ब रूपैयाँ छ। अब बन्ने हिमालय नेपाल इन्भेष्टमण्ट बैंकको चुक्ता २३ अर्ब ६१ करोड हुनेछ।

प्रतिक्रिया दिनुहोस्