बैशाख २७ गते बिश्वासको मत लिने योजनामा प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने सोचाइ बनाएको बताएका हुन् ।

संसदको बजेट अधिवेशन बोलाएर सरकारका नीति तथा कार्यक्रम ल्याउनुअगावै विश्वासको मत लिने ओलीले बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूले संसदमा विश्वासको मत लिने प्रस्ताव गर्नुभयो,’ एक मन्त्रीले भने ।

सरकारबाट हटे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । यसअघि ओलीले २०७४ फागुन २७ गते विश्वासको मत लिएका थिए ।

ओलीले वैशाख २७ गते विश्वासको मत लिने योजना बनाएको बालुवाटार स्रोतले बतायो । आइतवारकै मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिन नदिन हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्