खुम्बु पासाङल्हामु : नेपाल शेर्पा संघले गठन गर्‍यो २१ सदस्यीय समिति गठन



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु। शेर्पा जातिको इतिहास, सभ्यतालाई जगेर्ना गर्ने उद्देश्यसहित शेर्पा जातिको बाहुल्यता रहेको जिल्लाको खुम्बु पासाङल्हामू गाउंपालिकामा ङिमा दावा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय गाउँ समिति गठन गरिएको छ ।

नेपाल शेर्पा संघका केन्द्रीय महासचिव ल्हाक्पा शेर्पाको प्रमुख आतिथ्यतामा लुक्लामा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा निमा याङजी शेर्पा र कर्साङ शेर्पा, सचिव ङिमानुरु शेर्पा, सहसचिवद्धयमा आङकान्छी शेर्पा र तेन्जीङ टासी शेर्पा, कोषाध्यक्षमा पासाङ शेर्पा रहेको संघीय सचिवालय सदस्य फुनुरु शेर्पाले जानकारी दिए।

समितिमा दावानुरु शेर्पा,छिरिङमा शेर्पा,ङिमायाङ्जी शेर्पा,ङ्वाङ तेन्जिङ शेर्पा, जाङ्ब शेर्पा, ङिमा तेन्जिङ शेर्पा, दावाल्हमु शेर्पा,एके ताम्बोक रहेका छन।यसैगरी,आङछेची शेर्पा,आङपसी शेर्पा,आङ्छोम्बी शेर्पा,पासाङ ग्याल्जेन शेर्पा,पासाङ दावा शेर्पा (लामा) सदस्य रहेको शेर्पाले बताए ।

दावा ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न भेलाद्वारा गठित कार्यसमितिले स्थानीय बुद्धिजिविहरुलाई सल्लाहकार समितिमा मनोनयन गर्दै जनगणना २०७८ मा सक्रिय भूमिका निर्बाह गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्