संक्रमणबाट जोगिन जिल्लाबासीलाइ अपिल गर्दै सोलु एमालेले गर्यो सम्पूर्ण कार्यक्रम स्थगित

सोलुखुम्बु ।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले भयावह बन्दै गएको कोरोना संक्रमणबाट जोगिनका लागि आवश्यक सावधानी र सचेतता अपनाउन पार्टी सदस्य तथा सम्पूर्ण जिल्लाबासीहरुलाई अनुरोध गरेको छ।

पार्टी जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला र सचिब आशकुमार राई ‘शिशिर’ ले संयुक्त रूपमा एक अपिल प्रकाशित गर्दै सो आग्रह गर्नुभएको हो।शुक्रबार प्रकाशित अपिलमा मातहतका पार्टी कमिटीहरुलाई संगठन निर्माण,प्रशिक्षण तथा भीडभाड हुने सम्पूर्ण गतिविधिहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न निर्देशन समेत दिइएको छ।
निर्देशनमा अगाडी भनिएको छ,- ‘संक्रमणको यो भयावह स्थितिबाट जोगिन र समाजलाई जोगाउनका लागि जनचेतना अभिबृद्दी,सरकारले दिएको निर्देशन र स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गर्ने काममा भूमिका निर्बाह गर्न सम्पूर्ण पार्टी सदस्य एबम् जिल्लाबासी आम जनसमुदायमा अपिल गर्दछौं।’
(फाइल फोटो)


