लिखुपिके : ३५ सदस्यीय वासीएल नेपाल गाउँपालिका कमिटी गठन

सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकामा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले गाउँपालिका कमिटी गठन गरेको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य शिबबहादुर बस्नेत ‘राजेन्द्र’ को प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भेलाले कमलबहादुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय लिखुपिके गाउपालिका कमिटी गठन गरिएको वाईसीएल नेपाल सोलुखुम्बु जिल्ला कमिटीले जनाएको छ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एबम् सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष गोम्बु शेर्पा ‘कर्ज्याङ’, गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत,उपाध्यक्ष प्रमिला बस्नेत, वाईसीएल नेपाल जिल्ला कमिटीका अध्यक्ष देव बस्नेत ‘देउता’ , पार्टी जिल्ला कमिटी सदस्य गणेशबहादुर बस्नेत र फुरे तामाङको उपस्थितिमा सम्पन्न भेलाद्वारा गठित गाउँ कमिटीको उपाध्यक्षद्वयमा मिलन बस्नेत र बिकास बस्नेत , सचिवमा हरिराम थापा, सहसचिवद्वयमा देवकृष्ण बस्नेत र पेम्बा शेर्पा र कोषाध्यक्षमा गीता घिमिरे रहेको बताइएको छ।

