लुम्बिनीमा १९ गतेका लागि विशेष अधिवेशन आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । बैठक यही वैशाख १९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए ।

विपक्षी दलले दिएको समावेदनको आधारमा बैठक बोलाइएको हो । लुम्बिनीमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
संसद् अधिवेशन चालु नभएकाले उनीहरुले समावेदन दिएका थिए । प्रदेशसभा अधिवेशन गत चैतमै अन्त्य गरिएको थियो ।

