सर्वोच्च अदालतले जनस्वास्थ्यसँग सम्बन्धित कामबाहेक अन्य सेवा नदिने



काठमाडौं। सर्वोच्च अदालतले जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाई मात्रै गर्ने भएको छ। कोरोना महामारीको कारणले सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गर्दै अन्य काम नगर्ने जनाएको छ।

स्वास्थ्यसँग सम्बन्धित सेवा बाहेकका अन्य काम कारवाही स्थगित गर्ने निर्णय समेत गरेको छ। अदालतले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘२०७६ साल बैशाख १५ गतेदेखि २०७८ साल बैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाई गर्ने। सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने।’

 

 

प्रतिक्रिया दिनुहोस्