सोताङ : नेकपा एमाले,राष्ट्रिय युबा संघ र अनेमसंघ ३ नं वडा कमिटी गठन

सोलुखुम्बु। नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले सोताङ गाउँपालिका को वडा नं-३ मा पार्टी कार्यालय उद्घाटनका साथै पार्टीको वडा कमिटी राष्ट्रिय युबा संघ र अनेमसंघको वडा कमिटी समेत गठन गरेको छ।

नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा सोताङ गाउँपालिका कमिटीका इन्चार्ज धनकुमार बिकको प्रमुख आतिथ्य तथा जिल्ला कमिटी सदस्यसमेत रहेका सोताङ गाउँपालिका अध्यक्ष बीरबहादुर राईको बिशिस्ट आतिथ्यमा आईतवार सम्पन्न भेलाले गठन गरेको पार्टी वडा कमिटीको अध्यक्षमा तेजबहादुर बस्नेत,राष्ट्रिय युबा संघको अध्यक्षमा निरकुमार बस्नेत र अनेमसंघको अध्यक्षमा लक्ष्मी खड्का लाई चयन गरेको राष्ट्रिय युबा संघका केन्द्रीय सदस्य निरकुमार राईले जानकारी दिए।

राइका अनुसार पार्टीको ३५ सदस्यीय वडा कमिटीको सोताङ ३नम्वर वडा कमिटीको उपाध्यक्षमा प्रबिण नाछिरिङ, सचिवमा हिराकाजि राई र सहसचिवमा दिलीप खालिङ रहेका छन् ।राईका अनुसार युबा संघ र अनेमसंघको वडा कमिटी क्रमशः ४५ सदस्यीय र २५ सदस्यीय गठन गरिएको छ।नबगठित समितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई आइतबारै पद तथा गोपनियताको सपथ गराईको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस,माओवादि केन्द्र र नयाँशक्ति परित्याग गरि ११ जना नेकपा एमालेमा प्रवेश गरेको राइले बताए ।
वडा कमिटी अध्यक्ष तेजवहादुर वस्नेतको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि बिक,बिशिस्ट अतिथि राई, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्कि वस्नेत,गाउँपालिका कमिटी अध्यक्ष प्रकाश कार्की, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य राई ,अनेरास्ववियु केन्द्रीय सदस्य लक्षुमण खालिङ,राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सचिव गणेश थापा लगायतले आ-आफ्नो मन्तब्य व्यक्त गरेको बताईएको छ।

