नेचासल्यान : हिमाल दर्शन माबिमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन

सोलुखुम्बु ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जिल्लाको नेचासल्यानमा रहेको श्री हिमाल दर्शन माविमा देबेन्द्र ढुङ्गेलको अध्यक्षतामा ८३ सदस्यीय अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको छ ।

सोमबार सम्पन्न भेलाद्वारा गठित कमिटीको उपाध्यक्षमा बिविषण आचार्य,सचिवमा चन्द्रकला खनाल ,सह-सचिवत्रयमा गोमा भट्टराई ,निर्मला कटेल,सकुन्तला राई र कोषाध्यक्षमा युनिसा राई रहेको अनेरास्ववियु जिल्ला कोषाध्यक्ष तथा नेचासल्यान ईन्चार्ज सरोज भट्टराईले जानकारी दिए।

भेलामा नेकपा एमाले सोलुखुम्बुका विद्यार्थी ईन्चार्ज जगन्नाथ बास्तोला , अनेरास्ववियु सोलुखुम्बुका पूर्व अध्यक्ष डिल्ली शर्मा, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य तथा नेचासल्यान संयोजक राजेश भट्टराई ,अनेरास्ववियु जिल्ला कमिटी सदस्य राम प्रसाद आचार्यको उपस्थिती रहेको थियो।भेलामाअनेरास्ववियु जिल्ला कमिटी सदस्य राम प्रसाद आचार्यले २५० भन्दा बढी माक्स बितरण गर्नुका साथै पूर्ब अध्यक्ष शर्माले चाँडै नै ७ दिने उद्घोषण तथा पत्रकारीता तालिम ईच्छुक विद्यार्थीहरुलाई नि:शुल्क दिने प्रतिबद्धता व्यक्त गर्नु भएको भट्टराईले जानकारी दिए।

