एमालेमा १९ सदस्यीय स्थायी समिति,अटाएन नेपाल-खनाल समूह (यस्तो छ निर्णय )

नेकपा एमाले केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी)को बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।
स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा सदस्यहरु वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुबीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहेका छन् ।
बैठकले २६५ केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाएको छ ।
नेताहरूको कार्यविभाजन गरेको हो ।
बैठकमा सहभागी नभएका माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाई भने कुनै जिम्मेवारी तोकिएको छैन ।
अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी स्कूल विभागको जिम्मेवारी दिइएको छ । स्थायी कमिटीको सदस्य बनाइए पनि वामदेव गौतमलाई भने कुनै जिम्मेवारी तोकिएको छैन ।
बैठकले कर्णाली प्रदेशसभा संसदीय दलको निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर अनुशासनको गम्भीर उल्लंघन गर्ने कर्णाली प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने, प्रदेशसभा सदस्यबाट हटाउने र सो विषयमा प्रदेश सभालाई सूचित गर्ने निर्णय गरेको छ ।
Press Statement Central Committee Meeting
