नेचासल्यान वडा नं २ मा एमाले पार्टी कार्यालय उद्घाटन



सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको आयोजनामा वडा न २ मा पार्टी कार्यालय उद्घाटन गरिएको छ।

नयाँ बर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा पार्टी सुदृढीकरण अभियानबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीकाअध्यक्ष एबम् नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले मंगलबार सो पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य एबम गाउँ कमिटी अध्यक्ष जगनाथ बास्तोला जिल्ला कमिटी सदस्य रामकाजी राइ, कृष्ण गौतम, जस बहादुर राई पुण्य दाहाल लगायत स्थानीय अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग स्थानीय नेता छत्र बहादुर के सि र राजकुमार बस्नेत एमाले प्रवेश गरेको गाउँ कमिटी अध्यक्ष बांस्तोलाले जानकारी दिनुभयो ।
नव प्रबेशीलाइ जिल्ला कमिटी अध्यक्ष बास्तोलाले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्