भारतले दियो पूर्बराजा शाहलाई ‘श्री ५ नेपाल नरेश’ को सम्मान



पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका छन् । निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वरको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वारमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएका हुन् ।

ज्ञानेन्द्रलाई भारतको धार्मिक कार्यक्रममा ‘हिन्दू सम्राट महामहिम श्री ५ नेपाल नरेश’ भनेर सम्बोधन गरिएको थियो । धार्मिक कार्यक्रममा सहभागी ज्ञानेन्द्रले गंगामा स्नान गर्न पाउँदा खुशी लागेको बताए ।

‘हरिद्वार म पहिल्यै आइसकेको छु, यसपालि आचार्यजीले निम्तो दिनुभयो, आभारी छु । गंगामा स्थान गर्न पाउँछु, पवित्र हुन पाउँछु । यहाँ आएर नेपाली जनताको तर्फवाट आशिष र शुभकामना लिएर आएको छ । असाध्यै पवित्र कुरा हो, यो राम्रो कुरा हो,’ भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा पूर्वराजा शाहले नेपाली भाषामै जवाफ फर्काए ।

प्रतिक्रिया दिनुहोस्