नेचासल्यान : नेकपा एमाले ३ नं वडा कमिटी गठन

सोलुखुम्बु । नेकपा एमालेले नेचासल्यान गाउँपालिका वडा नं-३ मा पार्टीको वडा कमिटी पुनर्गठन गरेको छ।

नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष बास्तोलाको अध्यक्षतामा शनिबार सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एकराज भट्टराईको अध्यक्षतामा वडा कमिटी पुनर्गठन गरिएको हो। ४१ सदस्यीय वडा कमिटीमा सचिबको जिम्मेवारी भुवन बास्तोलालाई दिइएको छ।
प्रदेश कमिटी सदस्य डिबि किरातिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका इन्चार्ज धर्मध्वज खत्री,जिल्ला कमिटी सदस्य ओमप्रसाद बास्तोला,दोमराज बास्तोला लगायतको उपस्तिथि रहेको थियो।
गाउँपालिका कमिटीले घोषणा गरेको पहिलो चरणको २१ दिने संगठन सुदृढीकरण अभियान अन्तर्गत गाउँपालिकाको वडा नं ३ मा वडा कमिटी पुनर्गठन गरिएको गाउँपालिका कमिटी अध्यक्ष बास्तोलाले जानकारी दिए।

