कुमारी बैंकद्वारा २०औं वार्षिकोत्सवका अवसरमा पशुपति क्षेत्रमा सरसफाइ



काठमाडौं, २२ चैत ।  कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ। साे बैंकले अवसरमा शनिवार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ गरेकाे छ। कार्यक्रमको शुभारम्भ बैंकका सञ्चालक समितिका अध्यक्ष अमीरप्रताप राणाले गरे।

पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो।

बैंकले हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ।

प्रतिक्रिया दिनुहोस्